लोक सेवाको विज्ञापन फिर्ता नलिए कार्यान्वयन हुन नदिने समाजबादी पार्टीको चेतावनी

काठमाडौं । लोक सेवा आयोगले हालै जारी गरेको कर्मचारी भर्ना बिज्ञापनप्रति चौतर्फी आलोचना भइरहेका बेला सरकारमा सामेल समाजबादी पार्टी नेपालले पनि बिरोध जनाएको छ । 

सो पार्टीले लोक सेवाबाट गरिने हरेक बिज्ञापनमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था भए पनि योपटक त्यसो नगरिएमा आपत्ति जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन विपरित संघीय लोक सेवाले नै कर्मचारी माग गरेको भन्दै बिरोध जनाएको हो ।

केन्द्रीय उपमहासचिव प्रकाश अधिकारी हस्ताक्षरित बिज्ञप्तिमा लोकसेवा आयोगले गरेको बिज्ञापन अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्म सुरक्षित गर्न अपिल गरिएको छ । संविधान विपरितका यस्ता कार्य हुन नदिने चेतावनी पनि दिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...