इटहरीका मेयर भन्छन्, नाकको हड्डी भाँच्छु, भाँच्छु पीत पत्रकारले बुझे हुन्छ

के पत्रकार भगवान हो, उसले लेखेको, बोलेको सबै ठीक हुन्छ ?

काठमाडौँ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले पीत पत्रकारिता गर्नेको नाकको हड्डी भाच्न एक करोड छुट्टयाएको अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्ति आएसँगै मेयर चौधरी थप विवादमा तानिएका छन् । तर मेयर चौधरीले  पत्रकारिताको नाममा खोल ओढेका व्‍यक्तिहरुले आफूमाथि एक वर्षदेखि लगातार आक्रमण गरेको बताएका छन् । 

उनले भने,खासमा पत्रकारहरु मेरो शत्रु होइनन् । तर मलाई एक वर्षदेखि पागल,बद्‌मास लगायत तथानाम गाली गलौज गरेर उनीहरुले सताइरहेका छन् ।

मलाई थाहा छैन किन यसरी उनीहरु ममाथि सुरुमा खनिए ? मैले धेरै सहे, सहिरहे । उनीहरु बारम्बार कलम र माइकको दुरुपयोग गरिरहे । तर जब सहनुको पनि सीमा नाघ्यो अनि मेरो आक्रोश बाहिर आएको हो ।

हो मैले पत्रकारहरुलाई धम्की दिएकै हो । पत्रकार पनि कस्ता–कस्ता । कोही पार्टीका कार्यकर्ता जस्ता कीही व्‍यापारिक प्रयोजनले केही पैसा माग्‍ने जस्ता । कोही पैसाको लागि मात्रै तगेदा गर्ने जस्ता । कोही जानी जानी यो मेयरलाई सन्काउनु पर्छ र विवादमा ल्‍याएर बद्‍नाम गर्नुपर्छ भन्‍ने प्रवृतिका । पत्रकारहरु पनि थरीथरीका ।

उनले भने, ‘पत्रकारहरु के खान्छन् हौ ? जहिले उल्टो उल्टो प्रश्‍न मात्रै गर्ने ? उनीहरुको पनि आचारसंहिता होलान नि ? की पत्रकार पनि थरी थरी । धेरै तस्करीसँग मिल्‍ने पत्रकारहरु जिल्लामा छन् । उनीहरुको कुरा गराइले नै म थाहा हुन्छ । नैतिकता बिर्सेर कुनै जनप्रतिनिधिला पागल भन्न मिल्छ ?‘

‘कर्मचारीहरु आजदेखिको हो घुस्याहा नगरपालकालिका, गाउँपालिका, जिल्ला विकास, अञ्‍चल कहाँ कहाँ छैन । सब कर्मचारीलाई तह लगाउँछु भन्दा कर्मचारीहरुले पत्रकारको साहारा लिन्छन् र मविरुद्ध प्रश्‍नहरु गर्न लगाउँछन् ।

अब म भ्रष्टाचारी कर्मचारीको प्रश्‍न गर्ने पत्रकारला साथ कसरी दिन सक्छु ? त्‍यसैले त म पत्रकार होइन उनीहरुला चाटुकार भन्दै आएको छु । किनकी उनीहरु  दिनभरी व्‍यापारीकहाँ र साँझमा  पत्रिका, स्क्रीनमा चटकी रुपमा समाचार सम्प्रेष गर्दै आएका छन् ।’

मैले त भनेकै छु नि । पीत पत्रकारिता गर्ने पत्रकारहरुको नाकको डाडी भाच्छु, भाँच्छु । मलाई फोन गरेर धम्क्याउने, कज्याउने काम उनीहरुले नगरे हुन्छ । म अहिले नेपालगञ्ज जाँदैछु । नेपालगञ्जबाट फर्किएपछि पत्रकारहरुको त्यो रबैया उपर कार्बाही चलाउँछु ।

के पत्रकार भगवान हो र उसले लेखेको, बोलेको सबै ठीक हुन्छ ? कलम र माइक पायो भन्दैमा  मनमा  जे लाग्यो, जसले पैसा दियो उसकै पक्षमा लेख्‍ने , बोल्ने ? के यही हो पत्रकारिताको धर्म ? खोइ उत्तरदायित्व उनीहरुको । कर्मारीहरुसँगै पत्रकारहरु  पनि भो भ्रष्ट हुन थाले ।

उनले गुनासो गर्दै भने, ‘निष्पक्ष, सत्य, तथ्य लेखोस् न । कर्मचारीले दिनदिनै सेवाग्राहीला ठगेको समाचार खै लेखेको ? एउटा थारुको छोला यत्रो विधि हेप्‍ने ? यो तरिका हो ? पत्रकारको काम हो यो ? यदि यस्तो हो भने मेरो पनि नाक भाँच्‍ने काम हुनेछ । बुझे हुन्छ पीत पत्रकारले ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...