महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिषी अर्जुन क्षेत्री पक्राउ
काठमाडौं । नेपालमा महाभुकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिषीलाई अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी क्षेत्री प्रहरीको फन्दामा परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।
कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए। विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए ।
प्रतिकृया दिनुहोस