प्राधिकरणको कामप्रति संका, कुलमानमाथि कडा छानबिन हुनुपर्छः महेश बस्नेत

मोदीमाथि गाली–गलौज हुनु दुःखद्

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा सांसद् महेश बस्नेतले पनि नेपाल विद्युत प्राधिकरणको काम–कार्वाहीप्रति संका भएको बताएका छन् ।

केही दिनअघि नेकपाकै अर्का सांसद् अमललाल मोदीले संसदमै बोलेको कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने जोडदार माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले कुलमानमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने विषय उठाउँदा मोदीमाथि गाली–गलौज हुनु दुःखद् भएको बताएका छन् ।

विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद् मोदीले उठाएका थिए । त्यस लगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन् ।


सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरको गाली र विरोध गर्नु गलत रहेको तर्क गरेका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...