भारी बर्षापछि आएको पहिरोले पुरिएर रोल्पामा महिलाको मृत्यु, उद्धार जारी

रोल्पा । रोल्पामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । हिजो भएको वर्षाका कारण आएको पहिरोले गौमाला माझीको पुरिएर मृत्यु भएको हो ।

 घरको कुलेसो काट्दै गरेकी माझीलाई पहिरोले पुरेको थियो । माझीको डोजर लगाएर शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार उनका परिवार भने सकुशल छन् । 

पहिरोले स्वास्थ्य कार्यालयको भवन र लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पु¥याएको छ । गाउँपालिकाको भुईतलाको दुइवटा सटर पूर्ण रूपमा पुरिएको छ । सरकारी नम्बरप्लेटको मोटरसाइकल समेत पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी छ । 

आज पनि पानी पर्न सक्ने सम्भावना भएको भन्दै गाउँपालिकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस