मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका ५ बुङदल देउरालीमा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते हुनुभएको छ । उहाँको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस