उपत्यकासहित पहाडी क्षेत्र सोमबारसम्म वर्षा भइरहने

काठमाडौं । शनिबार दिउँसो घाम लागे पनि साँझपखदेखि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा अहिले पानी परिरहेको छ । यो क्रम सोमबारसम्म रहने मौसमविदहरुको अनुमान छ ।  

बंगालको खडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा सामान्य बर्षा भइरहे पनि मध्य र पश्चिम पहाडी भेगमा भने ठूलो पानी परिरहेको छ । 

आज राति पनि देशैभर आंशिकदेखि सामान्य बदली भएर पश्चिम, मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने  सम्भावना छ । आइतबार पनि पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

पर्सि सोमबारसम्म नै देशभर मौसम बदली भएर धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस