संगठित बने दलित पत्रकारहरु, विनोद पहाडीको अध्यक्षतामा बन्यो राष्ट्रिय दलित पत्रकार संघ

काठमाडौं । दलित समुदायका पत्रकारहरु संगठिन बन्न सक्दैनन् भन्ने आरोप लागिरहेका बेला वरिष्ठ पत्रकार बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन भएको छ । 

लामो समयको रस्साकस्सीपछि शनिवार आयोजित दलित समुदायका पत्रकारहरुको भेलाले पहाडीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेको छ । सो भेलाले  महिनाभित्र राष्ट्रि भेला गरेर देशभरका दलित समुदायका पत्रकारहरुलाई संगठिन गर्ने जिम्मेवारी पनि दिउको छ । 

सो भेलाले संघको उपाध्यक्षमा टिकाराम सुनार र भोला पासवानलाई चयन गरेको छ । महासचिवमा लक्ष्मण दर्नाल, सचिवहरुमा सन्तोष गन्धर्व र अमर सुनार र कोषाध्यक्षमा शुष्मा बरालीलाई चयन गरेको छ ।

भेलाले सदस्यहरुमा गोपाल बराइली धनकुटा, बुद्धि बिश्वकर्मा चितवन, मधु शाही बाँके, भीम घिमिरे मोरङ, कमला रसाइली रामेछाप, विष्णु विश्वकर्मा सुर्खेत, केशव भुल अछाम, विरु नेपाली पाल्पा, दिपक परियार कास्की, गोमा परियार बाँके, पर्वत पोर्तेल झापा, मिलन परियार डोटी, सोना खटिक कपिलवस्तु, बिनोद परियार नवलपरासी, लक्ष्मी बिश्वकर्मा झापा र सरिता बराइली धनकुटालाई चयन गरेको छ ।

सो भेलाले रेम विश्वकर्मा, उमिद वागचन, निशा विश्वकर्मा, जेवी विश्वकर्मा, प्रकाशचन्द्र परियार, प्रेम नेपाली र अनिल परियार रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । 

अध्यक्ष पहाडीका अनुसार संघले देशभरका दलित समुदायका सञ्चारकर्मी संगठित गर्ने र पेशागत सुरक्षाका लागि संगठित आवाज उठाउने छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको भेला तथा घोषणा सभामा दलित आन्दोलनका अगुवाहरु तिलक परियार, गणेश बिके, भक्त विश्वकर्मा, जेवी विश्वकर्मा, प्रकाशचन्द्र परियार, दिपक सोनी लगायतले बोलेका थिए । 

भेलालाई सम्बोधन गर्दै अध्यक्ष बिनोद पहाडीले नेपालको दलित आन्दोलन र पूर्ण प्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारहरुको सामुहिक पहल कदमीका लागि संघको गठन गरिएको बताए । पत्रकारहरुको पेशागत हकहित र सुरक्षाका लागि संघको सामुहिक पहल हुने उनको भनाई छ । 


प्रतिकृया दिनुहोस