बलात्कार मुद्दाका फरार आठ वर्षपछि पक्राउ

झापा । बलात्कार मुद्दाका फरार अभियुक्त आठ वर्षपछि पक्राउ परेका छन्। पुनरावेदन अदातल इलामले फैसला सुनाएका हल्दिबारी गाउँपालिकाका ७२ वर्षीय गणेश मगरलाई प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो।

मगरविरुद्ध बलात्कार मुद्दामा पुनरावेदन अदालत इलामको २०६७ साउन ४ गते फैसला बमोजिम सजाय सुनाएको थियो। तर मगर फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। अनुसार पक्राउ परेका मगरलाई कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकिएको छ।


प्रतिकृया दिनुहोस