आज पनि साँझतिर चट्टयाङसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना

 काठमाडौँ  ।  देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि मनसुनको समय रहेको र न्यूनचापिय रेखा पनि बनेकाले केही दिनदेखि मौसम बदली भएको र अझै केही दिन यस्तै रहने मौसमविद मञ्जु बासीले बताएकी छन् ।

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । केहीबरेपछि बादल हटे पनि अपराहन्न या बेलुकातिर बदली भइ केही स्थानमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना रहेको उनले बताएकी छन् ।

यस्तै बेलुकातिर चट्याङ्ग पर्ने र हावाहुरी चल्न सक्ने पनि मौसमविदले बताएका छन् ।

प्रतिकृया दिनुहोस