राष्ट्रपतिबाट पदक थाप्न आएका नेकपाका पुर्वसांसदको घर लुटियो

काठमाडौँ । सत्तारुढ दलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वसांसद हरि उप्रेतीको घरमा लुटिएको छ । बिहीबार बिहान करीव तीन बजेतिर पूर्वसांसद उप्रेतीको घरका सबै समान लुटेर लगेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार मुखमा पट्टी बाँधेर आएको समूहले सर्लाही जिल्लाको बरहथवा नगरपालिकाको पिपरभित्तामा रहेको पूर्वसांसद उप्रेतीको घरमा चोरी गरेको हो । 

बुबा र आमालाई एउटा कोठामा थुनेर घरमा रहेका सबै सामानहरू लुटेर लगे छन्’, सांसद उप्रेतीले भने, म राष्ट्रपतिद्वारा वितरण गरिएको संविधानसभाको पदक र प्रमाणपत्र लिन काठमाडौं आएको मौका छोपेर घरमा लुटपाट र चोरी भए छ ।’

घरमा रहेका गरगहना, काठ, नगदलगायत गरी लाखौको लुटपाट भएको छ । घरमा लुटपाट र चोरी भएको सूचना पाउने वित्तिकै पूर्वसांसद उप्रेती सर्लाहीस्थित घर आएका छन् । नेता उप्रेतीको घरमा भएको चोरीको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान र छानविन शुरू गरेको एसपी भट्टराई बताए ।

पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि २८ किलो मिटर दक्षिण घर भएका तत्कालिन एमाले पृष्ठभूमि भएका नेता उप्रेतीको घरमा मधेस आन्दोलनका बेला पनि तोडफोड र आक्रमण हुनुका साथै लुटपाट भएको थियो ।


प्रतिकृया दिनुहोस