आजको मौसम: केही स्थानमा मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका पूर्वी र मध्य भूभाग र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी बाहेक अन्य स्थानको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

देशका पूर्वी र मध्य भूभागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस