‘फास्ट ट्र्याक डीपीआर स्वीकृत गर्नू’

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई जोड्ने द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो स्वीकृत गरी स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

डीपीआरबिनाको संरचन निर्माणले पछि समस्या आउन सक्ने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।  डीपीआर स्वीकृत भएपछि निर्माण संरचनामा फेरबदल हुन सक्ने र यसबाट प्राविधिक समस्या उत्पन्न हुने समितिको ठहर छ ।

अहिले डीपीआरबिनै आयोजनाको काम अघि बढिरहेको छ । कान्तिपुर दैनिकमा छ । 

प्रतिकृया दिनुहोस