कहिले काहीँ नकारात्मकताले पनि सकारात्मक काम गर्छः मन्त्री अर्याल

काठमाडौँ  । कहिलेकाहीँ नकारात्मक कुराले पनि सकारात्मक काम गर्ने भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री पद्मा अर्यालले बताएकी छिन् । नापी विभागको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सहकारी र भूमिमार्फत गरीबि घटाएर शूून्य बनाउने सरकारले योजना बनाएको उनले बताइन् ।

 ‘अहिले हाम्रो लागि भूमि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ’, उनले भनिन् । जनताको चाहना अनुरुप सरकारले विभिन्न क्षेत्रमा पारदर्शीता कायम गर्दै लैजाने लक्ष्य बनाएको उनले बताइन् । भूकम्पका कारण नै सरकारले नयाँ दिशा लिन सफल भएकोमा उनले हर्ष व्यक्त गरिन् । 

‘अहिले हामी निकै चुनौतीपूर्ण अवस्थामा छौं’, उनले थपिन्, ‘सिद्धान्त बनाउनु सरकारको काम हो भने त्यसलाई कर्मचारीले कार्यान्वयनमा ल्याउनुपर्छ ।’ सुकु्म्बासी व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै उनले उनीहरुका व्यवस्थापनका लागि सरकारले नीति बनाइसकेको जानकारी दिइन् ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. दिलबहादुर गुरुङले भर्खरै सम्पन्न सगरमाथाको उचाइ मापनले विभागको उचाइ बढेको बताए ।

‘नेपाल गरीब देश भए पनि आफैंले उचाइ मापन गर्न सक्नु गर्भवान्वित विषय हो ।’ उनले भने । कुनै पनि संस्थाले संस्थागत रुपमा काम गरे उपलब्धी हाँसिल गर्न सक्ने गरीबि निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए । 



प्रतिकृया दिनुहोस