मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको समथग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाने भएका छन् ।  प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने बताएका छन् । उनले द्विपक्षीय महत्वका विषयमा दुवै प्रधानमन्त्रीबीच छलफल हुने जानकारी दिए ।

नेपाल र भारतबीच विगतदेखि नै घनिष्ठ सम्बन्ध कायम रहेका कारण आगामी दिनमा पनि उक्त सम्बन्धलाई थप सुमधुर र मैत्रीपूर्ण बनाउनुपर्ने बताउँदै उनले भने, ‘भारतीय प्रधानमन्त्रीको शपथमा सहभागी हुन निम्तो आएको छ, विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ, यो छोटो भ्रमण हो ।’भट्टराईका अनुसार बिहीबार साँझ हुने शपथ ग्रहणमा सहभागी भएर प्रधानमन्त्री ओली भोलिपल्ट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस