ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले पाए सफाइ

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता  फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

२०७५ भदौं १४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौं आएका दिन नेपाललाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले गत मिति २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार जरिवाना गरेको थियो र सो फैसलालाई उल्ट्याउँदै काठमाडौं जिल्ला अदालतका न्यायाधीश जनार्दन भट्टराईको इजालासले उनलाई सफाइ दिएको हो ।

फैसलापछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्षसमेत रहेका नेपालले अहिंसात्मक र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु मानिसको नैसर्गिक अधिकार भएको र यसलाई कसेले पनि रोक्न नसक्ने बताए । 

प्रतिकृया दिनुहोस