विद्यालयमै विद्यार्थी बेहोस हुन थालेपछि धामी झाँक्री राखियो

संखुवासभा । विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिने, दाँत बाँध्ने जस्ता लक्षणहरु देखा परेकाले शान्तिका लागि विद्यालयमा धामी राखिएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बालाको हिमाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुमा अनौठो लक्षण देखा परेपछि विद्यालयमै धामी झाक्री राखिएको प्रधानाध्यापक गंगाराज राईले जानकारी दिए ।

गाउँको कूल देवता रिसाएकाले अभिभावकको आग्रहमा विद्यालयमा धामी बोलाएर राखिएको प्रअ राईले बताए । विरामी परेका विद्यार्थीलाई धामी झाक्री लगाए पनि समस्या उस्तै रहेको उनले बताए ।

१२ देखि १४ उमेर समूहका १५ जना भन्दा छात्र छात्रालाई यो समस्या देखिएको २ नम्बर वडा अध्यक्ष मोहनशमसेर राईले जानकारी दिए । केही विद्यार्थीलाई अस्पातल लगेर उपचार गरेपनि निको नभए पछि विद्यालयमा धामी राख्नु परेको बताए ।

२ महिना यता यस्ता कार्य समस्या भइरहेकोले दैनिक पठनपाठनमा समेत असर पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा यस्तो समस्या उत्पन्न भएपछि अभिभावकहरु त्रसित भएका छन् ।

प्रतिकृया दिनुहोस