मोदी भन्छन्, वब्यौता रकम संकलन गरिदिएको दिन कुलमानलाई फुलमालाले स्वागत गर्छु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणमा भएको रकम वक्यौताका सन्दर्भमा सार्वजनिक लेखा समितिमा रहेका पदाधिकारीहरुबीच सहमतिमै कुरा उठाएको दावी गरेका छन् । मोदीले भने कुलमान घिसिङसँग मेरो व्‍यक्तिगत रिसिबी छैन भन्दै बैठकमा कुलमान घिसिङले जवाफ दिने क्रममा आफूमाथि प्रहार गरेको बताए ।

मोदीले भने, ‘निमुखा जनताको घरमा दुईदेखि तीन महिनासम्म बिल नतिरे प्रसारण लाइन विच्छेद गर्न सक्ने प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन उपभोग गर्ने उद्योगमा ९ अर्ब भन्दामाथिको वक्यौता रकम रहुञ्‍जे के गरिरहेको छ । त्यहा किन प्रसारण लाइन विच्छेद गर्न प्राधिकरण सकिरहेको छैन।’

उनले भने, ‘हामीबीच कुनै पनि किसिमको रिसराग तिक्तता छैन । वक्यौता रकम संकलन गरिदिएको दिन फूलमालासहित कुलमानलाई सम्मान गर्छु ।’

उनले प्रमुख जिल्ला अधिकारी समक्ष रकम माग गरेका प्रमाण पेश गर्न समेत मोदीले चुनौती दिए । उनले भने, ‘मैले ९ अर्ब रकमको कुरा उठाइरहदाँ कुरा अर्कैतर्फ मोडेर टुइस्ट गरियो । मेरो निर्वाचन क्षेत्रसँग जोडेर कुरा राखियो । सिडियो कार्यालयको चार्ज समेत लगाइयो ।’

यसक्रममा कसैले रकम माग गरेको प्रमाणित गरिदिए आफू सांसदबाट राजीनामा दिने गरी राजनीतिबाट नै बाहिरने उनले को भनाइ छ । प्राधिकरणले बाँकी पूरा बक्यौता रकम नउठाउन्जेल सार्वजनिक लेखा समितिले यस बिषयलाई उठाइरहने मोदीले बताए ।


प्रतिकृया दिनुहोस