सुकेधारा विस्फोटमा मारिएका थापामगर विप्लव माओवादीको मध्यकमाण्ड सैन्य ब्युरो प्रमुख

काठमाडौँ । सुकेधारा विस्फोटमा मारिएका गोपाल थापामगर मध्यकमाण्ड सैन्य ब्युरो प्रमुख भएको खुलेको छ । सुकेधारास्थित सैलुनको भान्सामा भएको बम विस्फोटमा हुँदा मृत्यु हुने थापामगर पूर्व लडाकु भएको बताइएको छ ।

प्रहरीका अनुसार सुकेधारा विस्फोटमा मृत्यु भएका कालिकोटका दीपेन्द्र विश्वकर्मा र दाङका गोपाल थापामगर दुवै विप्लव माओवादीको सैन्य दस्तामा रहेर बम विस्फोट लगायतका गतिविधिमा संलग्न हुँदै आएका थिए । ‘महावीर’ उपनामले चिनिने उनी काठमाडौंमा विप्लव माओवादीका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि दाङबाट राजधानी छिरेको हुन सक्ने आशंका गरिएको छ ।

कालिकोटका विश्वकर्मा सोही जिल्लाका सदस्य एवम् सैन्य ब्युरो एरिया इञ्चार्ज रहेको प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । सुकेधारा विस्फोटमा मृत्यु भएका कृष्ण भण्डारी ‘निरन्तर’ काठमाडौं जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । उनी बाग्लुङका हुन् ।

उनीहरू सबै सैन्य अभ्यासमा सिपालु भइसकेका कार्यकर्ता थिए । तर, बिहान र बेलुकाको समय मिलाउने क्रममा सुकेधारामा विस्फोट हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । सुकेधारा र घट्टेकुलो दुवै स्थानमा प्रेसर कुकरमा ‘टाइम बम’ बनाइएको थियो । बम विस्फोटका मृतक र घाइते सबै विप्लव माओवादीकै कार्यकर्ता रहेको प्रहरीको भनाइ छ ।



प्रतिकृया दिनुहोस