फेसबुकको चर्तिकला : बस्ने जुम्ला, काम काठमाडौंमा कोठा खोज्ने

काठमाडौं । फेसबुक पेज खोलेर कोठा भाडामा मिलाइदिन्छु भन्दै २ सय ५० जनालाई ठग्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईको घर भोजपुर हो, बसाई भने जुम्ला । काम थियो कोठा खोजी दिने । लामो समयदेखि राजधानीका विभिन्न स्थानमा कोठा र फ्ल्याट खोजि दिनेभन्दै रकम असुल्दै आएका रामचन्द्र भट्टराईलाई प्रहरीले जुम्लाबाट पक्राउ छ । पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय भट्टराई रहेका छन् ।

महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर प्रचार गरेका थिए । ‘उनले सम्पर्क नम्बर पनि राखेर फोन गर्ने ग्राहकलाई कोठा हेर्नुअघि सेवा शुल्क भनेर पन्ध्र सयदेखि ४ हजार रुपैयाँसम्म अनलाइनमार्फत पेमेन्ट लिने गरेका थिए’, थापाले भने ।

रकम जम्मा भएलगत्तै उनी सम्पर्कविहीन हुने गरेको प्रहरीमा उजुरी परेको छ । भट्टराई अहिलेसम्म २ सय ५० बढी व्यक्तिलाई ठगी गरिसकेको भेटिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस