घरको जग खन्ने क्रममा माटोले पुरीएर दुई जनाको मृत्यु

वीरगञ्ज । घरको जग खन्ने क्रममा माटोले परिएर वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका ५० वर्षीय दशरथ पण्डित र परवानिपुर गाउँपालिका ४ का ५० वर्षकै जवाहिर राम रहेका छन् ।

उनीहरु दुवै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा राजाराम जलानको निर्माणाधिन घरको जग खन्ने क्रममा माथिबाट माटोले पुरिएर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।



प्रतिकृया दिनुहोस