६८ वर्षे अभिनेता बिल मुरेसँग २६ वर्षे अभिनेत्री सेलेनाको विवाह

काठमाडौं । अमेरिकी पपस्टार सेलिब्रिटी सेलेना गोमेज यस वर्षको जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा धेरैको ध्यान तानियो ।

गोमेज आफू अभिनीत फिल्ममा को एक्टर बिल मुरेको साथमा देखिएकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्दै गर्दा सेलेनाको चर्चा जति भयो उनको विवाहको समाचारले झन् धेरै चर्चा पाएको छ ।

२६ वर्षे अभिनेत्री सेलेना पहिलो पटक कान्समा सहभागी हुँदा उत्साही देखिन्थिन् । उनले आफू सम्मानित महसुश गरेको भन्दै अनुभव व्यक्त गरेकी थिइन् ।

यससँगै बिल मुरेसँग विवाह गर्ने सूचना उनले दिँदा धेरै चकित भएका छन् । चकित यसर्थ कि, सेलेनाले आफूभन्दा ४२ वर्ष जेठा उमेरका ६८ वर्षे अभिनेता बिल मुरेसँग विवाह गर्ने कुरा सार्वजनिक गरिन् ।

पपस्टार जस्टिन बिवरसँगको रिलेशनबाट अलगिएपछि एक्लै रहेकी सेलेनाले अचानक यस्तो सूचना सार्वजनिक गरेकी हुन्  कान्सको रेड कार्पेटमा सेलेना र बिलले देखाएको हर्कत हेर्दा भने उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भएका थिए ।

केही अन्तर्राष्ट्रिय मिडियाले भने उनले विवाहको कुरा सार्वजनिक गरेको समाचार स्टन्टवाजी मात्रै हुनसक्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस