असई कल्पना खड्कालाई पेट्रोल छर्केर जिउँदै जलाउने प्रयासप्रति कांग्रेसको निन्दा

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुरक्षाकर्मीलाई पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयासप्रति निन्दा गरेको छ । चितवन भरतपुरमा शुक्रबार केही व्यक्तिले प्रहरी सहायक निरीक्षक  (असई) कल्पना खड्कालाई जलाउने प्रयास गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा कार्यरत असई खड्कालाई केही व्यवसायीले जलाउने प्रयास गरेका हुन् ।

व्यवसायीले कर संकलन ढाट जलाएर असई खड्कालाई पनि पेट्रोल छर्किएर जलाउने प्रयास गरेका थिए । व्यवसायीबाट आगजनीमा परेकी असई खड्का सख्त घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।

घटनाको कांग्रेसले भत्र्सना गरेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्नुभएको छ ।

‘ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको अमानवीय घटनाप्रति ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘ उपचारत सुरक्षाकर्मी खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई कारबाहीलाई कारबाहीको माग गर्दछौ । साथै घाइते सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।’


प्रतिकृया दिनुहोस