जेठ १५ देखि ८ हजार कर्मचारी माग्दै लोकसेवाको विज्ञापन खुल्दै, मंसिरमा अन्तर्वार्ता हुने

काठमाडौं । लोकसेवा आयोगले लामो अन्योल चिर्दै आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने भएको छ ।

आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको छ । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । लोकसेवाको कार्यतालिका सार्वजनिक स्थानीय तह लक्षित पाठ्यक्रम स्वीकृतिको प्रक्रियामा  आन्तरिकतर्फ पनि छुट्टै विज्ञापन गरिने छ ।

यस्तो छ कार्यतालिका

लोकसेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार नवौं तहका अप्राविधिक/प्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि लिइने परीक्षाको लिखित परीक्षा आगामी भदौमा हुनेछ भने नतिजा प्रकाशन असोजमा हुनेछ । अन्तर्वार्ता र सिफारिस कात्तिकमा गरिनेछ ।

छैटौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । द्वितीय चरणको लिखित परीक्षा भदौ–असोजमा हुनेछ भने असोज/कार्तिकमा नतिजा प्रकाशन भई कार्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिनेछ । छैटौं तहका प्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोज मा हुनेछ भने कात्तिकमा नतिजा प्रकाशन तथा कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस हुनेछ ।

पाँचौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोजमा हुनेछ । असोज/कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

पाँचौं तहका प्राविधिक पदको लिखित परीक्षा साउन/भदौंमा सञ्चालन हुनेछ । भदौमा नतिजा हुने र भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिनेछ । चौथो तहतर्फका अप्राविधिक पदहरूको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोजमा हुनेछ ।

असोज/कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ । प्राविधिक पदको लिखित परीक्षा साउन/भदौमा सञ्चालन हुनेछ । भदौमा नतिजा प्रकाशन हुने तथा भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ ।

आयोगले परीक्षाका लागि स्थानीय तह लक्षित पाठ्यक्रम निर्माण गरी स्वीकृतिको प्रक्रियामा रहेको बताएको छ । पाठ्यक्रम पद र तहअनुसार फरक फरक हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...