परिक्षा दिएर फर्किँदै गरेकी रसाइलीको करेन्ट लागेर मृत्यु, एक घाइते

गुल्मी । गुल्मीमा परिक्षा दिएर फर्किँदै गरेकी छात्रको मृत्यु भएको छ । अर्की छात्र गम्भीर घाइते भएकी छन् । 

गुल्मीको मालिका गाउँपालिकामा करेण्ट लागेर कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेकी मालिमा –१ नेटा, भलखाँडाकी विनिता रसाइलीको मृत्यु भएको हो । 

अर्जे माविमा कक्षा ११ को परिक्षा दिएर फर्कदै गर्दा मालिमा ५ छापहिलेको रँग भन्ने ठाउँमा बाटो छेउमा रहेको हाइटेन्सन लाइनको पोलमा करेण्ट लागेर रसाइलीको मृत्यु भएको इश्मा प्रहरी चौकीले जनाएको छ ।

उनी सँगै रहेकी मालिका गाउँपालिका ६ अर्जेकी जुना विक गम्भिर घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि अस्पत्ताल पठाइएको प्रहरीले जनाएको छ ।

साथीसाथी रहेका उनीहरूले एकआपसमा हात समातेर हिंडिरहेको बेला करेन्ट लागेको प्रत्यक्षदर्शीको भनाइ छ । गुल्मीमा पोलमा करेण्ट चुहीएर मानिसको मृत्यु हुने घटना हरेक वर्ष हुने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण यस्ता घटना हुने गरेको स्थानीयको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...