जेठ १५ मा लोकसेवा खुल्ने पक्कापक्की, कर्मचारी भर्नाको कार्यतालिका सार्वजनिक

काठमाडौं । लामो समयको प्रतिक्षापछि लोक सेवा आयोग कर्मचारी भर्नाको कार्यतालिका सार्वजनिक गरेको छ । योसँगै जेठ १५ मा लोक सेवा खुल्ले पक्कापक्की भएको छ । 

लोक सेवा आयोगले बिहीबार स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक गरेको हो । 

आयोगको बिहीबार बसेको बैठकले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापनरसूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिस मितिसमेत तोकेको छ । 

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कर्मचारी भर्ना गर्न आवश्यक पर्ने कानुनी अड्चन फुकाउने निर्णय गरेको थियो । योसँगै १२ हजार कर्मचारी भर्ना गर्ने बाटो खुल्ला भएको थियो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा आवश्यक साँढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित पत्र पठाएको थियो । मन्त्रिपरिषदमा ऐन पारित नगर्दा लामो समयदेखि आयोगले विज्ञापन खोल्न सकेको थिएन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै लोकसेवालाई पत्र पठाउँदै ४ सय ३७ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्ने सन्भर्दमा तह र श्रेणीका बिचमा देखिएको अन्यौलता, तहगत परीक्षाका लागि आवश्यक योग्यता, बढुवाको क्षेत्र, कार्यविधि, बढुवा उम्मेदवारलगायत विषयमा नीतिगत निर्णय हुनुपर्ने लगायत विषयमा आयोगले स्पष्टता खोजेको थियो । त्यो प्रस्ताब पारित भए संगै बिज्ञापन गर्न रोक्ने कानुनी जटिलता हट्ने र बिज्ञापन हुने भएको हो ।

 

प्रतिकृया दिनुहोस