ग्वार्कोको आकाशे पुलबाट हामफालेका पूर्व गोरखा सैनिक राईको मृत्यु

काठमाडौँ ।  बिहीबार बिहान ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर गम्भिर घाइते भएका पूर्व गोरखा सैनिकको मृत्यु भएको हो । ताप्लेजुङ हाङताङ गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका वर्ष ६० को कीर्तिमान राईले आत्महत्या गरेका हुन् ।

राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेको  महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख (डीएसपी)गौतम मिश्रले जानकारी दिए । 

पूर्व ब्रिटिस आर्मी समेत रहेका राई गम्भीर घाइते भएपछि उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो ।  मानसिक रोगी रहेका राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । राईका छोराछोरी भने बेलायतमा बस्दै आएका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...