आजदेखि सहिद स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको १४ औं सस्करण सुरु

धनकुटा ।  सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण आजदेखि धनकुटामा सञ्चालन हुँदैछ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा विभागीय तथा अन्तर्राष्ट्रिय टिम सहभागी हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

 आज अपरान्ह ४ बजेपछि सुरु हुने उद्घाटन खेलमा बिन्ध्यवासिनी फुटबल क्लब मोरङ र रोयल फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फ्रेन्स क्लब, सशस्त्र प्रहरी बल, आयोजक धनकुटा ११, विर्तामोड युनाडेड क्लब झापा, बिन्दाबासिनी फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी, रोयल फुटबल क्लब भारत र डाउफिन्स क्लब क्यामरुन गरी ८ टिमको सहभागिता रहेको छ। । प्रतियोगिताको विजेता चार लाख र उपविजेताले दुई लाख रुपैया“ पुरस्कार पाउने छन् । 

प्रतियोगितामा उत्कृष्ट खेलोडीलाई म्यान अफ दी म्याच, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दी सिरिज (सर्वोत्कृष्ट) खेलाडीबाट पुरस्कृत गरिने छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

 सहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ शालमा स्थापित प्रतियोगिता केही वर्ष स्थगित भएपनि २०६३ यता नियमित हुँदै आएको संस्थापक राजेश्वरबहादुर श्रेष्ठले बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...