आगो निभाउने क्रममा सल्यानमा एकको मृत्यु एक घाइते

सल्यान । सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ सिमपानीमा लागेको आगो निभाउने क्रममा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

आगोमा परी सोही ठाउँका ४४ वर्षीय खगेन्द्र बोहरा घाइते भएको र उनको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । सिमपानी बस्ती जंगलको बीचमा भएको र उक्त बस्ती आगोको उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका–६ का वडा अध्यक्ष चूडामणि दसौदीले जानकारी दिए ।

भीषण आगलागी भएकाले नियन्त्रण गर्न निकै समस्या भएको बताइएको छ ।  आगो नियन्त्रण गर्न नेपाली, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय लागि परेका छन् । 


प्रतिकृया दिनुहोस