चर्चित गीत ‘सुन साइली’ का म्युजिसियन उज्वलले यसरी गरेका थिए बुहारी अञ्जनाको हत्या

 काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा निकै नै चर्चा कमाएको गित सुन साइलीका म्युजिसियनलाई गम्भिर आरोप लागेको छ । गीतका म्युजिसियन उज्जल महत हुन् । उनी अहिले बुहारीको हत्या गरेको आरोपमा प्रहरीको नियन्त्रणमा छन् ।

उज्वलले गत मे महिनामा आफ्नो कानमा समस्या आएका कारण अब गीतमा अडियो इन्जिनियरिङ नगर्ने आफ्नो फेसबुकबाट जानकारी गराएका थिए । महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन ।

डिएसपी खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ । परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे । यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो । छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्ने गरेको बताए ।

महत एउटै घरमा बुबा,आमा आफ्नी श्रीमती, छोरा र भाइ बुहारीसँग बस्थे । स्थानीयका अनुसार अहिलेसम्म उनीहरु सबै मिलेर बसेको बताउँछन् । बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरी हत्या गरे ।

उनले दिउँसो १ः३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे । महतले आफ्नी आमालाई भने, ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने । बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए । बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो ।

डिएसपी खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो । टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन् । प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ ।

बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो । पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो । उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ । बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...