ट्रकको ठक्करबाट एक युवकको मृत्यु हदाँ ,ट्रकमा आगजानी

धनगढी । मोहनापुल–अत्तरिया ६ लेख सडकमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएपछि ट्रकमाथि तोडफोड र आगजनी गरिएको छ। ठक्कर दिने भारतीय नम्वरको युपी ३१ टि ४८१७ नम्वरको ट्रक तोडफोड र आगजनी गरिएको हो। आक्रोसीत स्थानीयले सडक अवरुद्धको पनि प्रयास गरेका छन्।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ।आज साँझ सो ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मुत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत नेतृत्वको टोली परिचालन गरिएको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...