माकुरोले कानमा जालो नै लगाएपछि.............

काठमाडौं । नेपालको छिमेकी देश चीनमा एउटा घटना भएको छ । अहिले त्यो घटनाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए, जसको उपचारको लागि उनी डाक्टरकोमा गए । 

ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना आश्चर्य चकिच भए   । किनकी उनको कानमा माकुराले जालो बुनिरहेको भेटियो । 

पहिला डाक्टरले पनि सामान्य जाँच गर्दा पत्ता लगाउन सकेका थिएनन् । तरपछि माइक्रोस्कोपको सहायताबाट कानभित्र आठ वटा खुट्टा भएका एक जीव देखियो । डेली मेलमा छापिएको रिपोर्टका अनुसार, ली को कानभित्र माकुरा थियो । माकुराले जालो पनि बनाइरहेको थियो । 

डाक्टरले औषधीका केही थोपा ली को कानमा राखेपछि कानभित्र रहेको माकुरा बाहिर निस्कन बाध्य भयो ।

यो पूरै प्रक्रियलाई रेकर्ड गरेर अनलाइन शेयर गरिएको थियो । 

यदी कसैलाई पनि धेरै नै कान चिलाउने समस्या छ भने ढिला नगरी तुरुन्त चिकित्सककोमा उपचारका लागि 

जानकारी गराइन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...