धनकुटा बचाउन भन्दै धनकुटामा आन्दोलन जारी

धनकुटा । धनकुटालाई प्रदेश १ को राजधानी नबनाइएको विरोधमा धनकुटामा बुधबार पनि धनकुटामा चक्काजाम गरिएको छ । 

धनकुटालाई प्रदेशको राजधानी नबनाई धनकुटालाई समाप्त पार्न खोजेको भन्दै धनकुटाबासीले धनकुटालाई बचाउन धनकुटामा १ घण्टा चक्का जाम गर्दै  नारा जुलुस र कोण सभा गरेका छन् । कोशी राजमार्गअन्तर्गत धनकुटास्थित जिरोप्वाइन्टमा दिउँसो ३ बजेदेखि  ४ बजेसम्म चक्का जाम गरेका हुन् । 

धनकुटा बचाउन भन्दै आन्दोलन जारी राखेका धनकुटाबासीले शक्रबार पनि आन्दोलन जारी राखने भएका छन् । उनीहरुले टोलटोलमा पुगेर अन्तरक्रिया गर्ने कार्यक्रम बनाएका छन् । 

चक्काजामपछि आयोजित कोण सभामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, समाजवादी पार्टीका धनकुटा नगर कमिटीका अध्यक्ष दिलकुमार राई,भेडेटार होटल एशोसिएसन धनकुटका अध्यक्ष जितेन्द्र राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ,  अभियान्ता सुभजन भाई जोशी लगायतले धनकुटालाई बचाउन धनकुटामा मेकिडकल कलेजको स्थापनासँगै श्रम, कर, यातायत, पर्यटनको १४ वटै जिल्ला हेर्ने गरी कार्यालय शिक्षा स्वस्थ्यको बिभाग  तत्काल स्थापना गर्न माग पनि गरेका छन् । 

कार्यक्रम धनकुटा राजधानी अभियान समिति तथा धनकुटा बचाउन अभियान समितका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस