राष्ट्रपति ट्रम्पको मास्क लगाएर पसल लुटे अष्ट्रेलियामा

काठमाडौं  । आजकल प्रत्येक पसल र मलबाहिर सीसीटीभी क्यामरा राखिएको हुन्छ । त्यसैले चोरहरूले आफ्नो अनुहार ढाक्ने गरेका छन् । 

अनुहार छोप्नका लागि चोरहरूले मास्क र कपडा प्रयोग गर्छन् । तर अस्ट्रेलियामा एक चोरले पसल लुट्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुहारको मास्क लगाएका छन् । 

क्वीन्सल्यान्ड प्रहरीले आरोपितको पहिचानका लागि सहयोग गर्न जनतासमक्ष अपील गरेको छ । स्ट्रेथपाइनस्थित पसलमा चोरीको घटना क्यामरामा रेकर्ड भएको छ । 

आइतवार आरोपित व्यक्ति एक शपिङ सेन्टरको शीशा तोडेर भित्र पसेका थिए । उसले पसलमा छिरेर अनेकौं घडी चोरेको थियो ।

उसले बिजुली स्टोरको सिसा पनि तोड्यो र केही सामान चोरिदियो । 

आरोपित व्यक्तिले अमेरिकी राष्ट्रपतिको मास्क बाहेक कालो रंगको हूडी जम्पर, ट्य्राक प्यान्ट र सेतो जुत्ता लगाएको थियो । ट्रम्पको मास्कभित्र लुकेको आरोपितको अनुहार चिन्न निकै गाह्रो परेको छ ।


प्रतिकृया दिनुहोस