प्रदेश १ को राजधानी विराटनगर राख्ने निर्णयको बिरोधमा धनकुटामा आन्दोलनको घोषणा

वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने, आज बेलुका ७ बजेदेखि आधा घण्टा ब्ल्याक आउट गरिँदै

काठमाडौँ । प्रदेश नम्बर १ को राजधानी विराटनगर राख्ने निर्णयको बिरोधमा धनकुटामा आन्दोलनको घोषण गरिएको छ ।  प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासी आन्दोलित भएका हुन् ।

राजधानी विराटनगर राख्ने निर्णयको विरोधका कार्यक्रममा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ ।

त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए ।

धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो । संविधानमा प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार प्रदेश सभालाई नै दिइएको छ ।

प्रतिकृया दिनुहोस