साढे दुई वर्षीय अबोध बालकको आँप बारीमा विभत्स हत्या

धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए ।

‘बालकको घाँटी रेटी हत्या गरिएको छ’, इन्स्पेक्ट रायले भने, ‘गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरियो। कहीँ भेटिएन तर, मंगलबार बिहान उनको घर पछाडि रहेको आँप बारीमा शव फेला परेको थियो ।’

आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ । शवको प्रकृति निकै दर्दनाक देखिन्छ । आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ । आर्यन सोमबार साँझ हरियो रंगको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए । उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए । त्यही बीचमै आर्यन बेपत्ता भएका थिए ।

बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई समेत दिइएको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए ।

तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको तर पत्ता नलागेको राईको भनाइ छ । बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस