कसलाई पर्ला यो वर्षका डिभी चिट्ठा ? यसरी हेर्न सकिन्छ

काठमाडौं । अमेरिका जान नेपाल मात्रै होइन, विश्वका जुनुकै देशका नागरिक पनि मरिहत्ते गर्छन् । त्यही भएर पनि अमेरिका जान विभिन्न प्रक्रिया अपनाउनेहरुको ओइरो नै लाग्छ । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुँदैछ । 

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

त्यति मात्रै नभएर निम्न लिंक ओपन गरेर कसलाई डिभी परेको छ भनेर पनि जान्न सकिन्छ । 

www.dvlottery.state.gov

प्रतिकृया दिनुहोस