कोटेश्वरमा शंकास्पद वस्तु भेटिदाँ फैलियो त्रास

काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा शंकास्पद वस्तु भेटिएको  छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाने सडक पेटीमा शंकास्पद झोला भेटिएको हो । 

सेनाको बम डिस्पोजल टोली आएर चेकजाँच गेको थियो । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर र आसपासका क्षेत्र सवारी चापका कारण तनावग्रस्त भएको छ । सोमबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो ।

शंकास्पद वस्तु भेटिएपछि त्यसक्षेत्रमा ट्राफिक जाम भएको छ । ट्राफिक प्रहरीले भक्तपुर जाने सवारी साधनलाई बानेश्वर र तीनुकनेबाटै डाइभर्ट गरेर पठाइरहेको छ । कोटेश्वरको ट्राफिक जाम शान्तिनगर बानेश्वरसम्म आएको छ । अर्कोतर्फ भक्तपुरको लोकन्थलीसम्म सवारीसाधन रोकिएका छन् ।  

प्रतिकृया दिनुहोस