सर्लाहीमा बँदेलको आक्रमणबाट ७ घाइते

मलंगवा । सर्लाहीमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् ।  भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकामा सोमबार जङ्गली बँदेलको आक्रमणमा परी ७ जना घाइते भएका हुन् ।

खेतमा काम गरिरहेका बेला बँदेलले आक्रमण गर्दा विष्णु गाउँपालिका ६ का ४० वर्षीय शङ्कर माझी, ५५ वर्षीय राम एकवाल राय, ६३ वर्षीय  किसुन मण्डल, ३२ वर्षीय नवीन यादव, ३० वर्षीय दुलार राय यादव, ३५ वर्षीय रामदुलार राय र ५२ वर्षीय चुलाई राय घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतित राठौरले जानकारी दिए ।

बँदेलको आक्रमणमा परी राम एकवाल गम्भीर भएका छन् । तिघ्रामा गहिरो घाउ लागेको राम एकवालको सर्लाही जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाको अवस्थामा सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस