मुख्यमन्त्री राईको आश्वासनपछि विराटनगर बन्द फिर्ता

विराटनगरबासीलाई साँझ दिपावली गर्न आहृवान

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आशवासनपछि विराटनगर बन्द फिर्ता भएको छ ।  प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको थियो ।

सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको हो ।

प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि सोमबार दिउँसो ४ बजेपछि बन्द फिर्ता गर्ने सहमति भएको वार्तामा सहभागी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।  । साँझ दिपावली गर्न विराटनगरबासीलाई आहृवान समेत गरेका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को राजधानी विराटनगरमा राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा संरचना निर्माण गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस