विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखे धनकुटाका ४ जना सांसदले

धनकुटा । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । 

यसरी ‘नोट अफ डिसेन्ट’ लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ र कमला मादेन रहेका छन् । उनीहरु चारैजना धनकुटाका हुन् । आम नागरिकको चाहना अनुसार आफुहरु धनकुटा भन्दा बाहिरको निर्णयमा जान नसकेर नोट आफ डिसेन्ट लेख्नु परेको सांसद ईन्द्रमणी पराजुलीले बताए ।

धनकुटामा सांसदहरुले यसअघि पनि धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै आएका थिए । धनकुटालाई राजधानी तोक्नुपर्ने माग राख्दै आएका सांसदहरुले ‘नोट आफ डिसेन्ट’ लेखेका हुन् ।

धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम हो । तर, संघीय सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेको थियो भने सत्तारुण नेकपाले विराट क्षेत्र बनाई स्थायी राजधानी बनाउने निर्णय गरेका छन् । नेकपाको सो निर्णयसँग विराटनगर नै प्रदेश राजधानी बन्ने सम्भावना बढेको छ । त्यसविरुद्ध धनकुटाका ४ जना सांसदहरुले नोट अफ डिसेन्ट लेखेका हुन् । 

साथै धनकुटाका सबै सांसदहरुले सचिवालयमा संशोधन प्रस्ताव पनि दर्ता गएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...