पैसा चोरेर प्रेमीकालाई ५५ हजारको मोबाइल उपहार दिएपछि...

ललितपुर । मायाको लागि मान्छे जे पनि गर्छन् भन्ने कुरा सिन्धुलीका एक जना युवाले प्रमाणित गरिदिएका छन् । वैशाख ५ गते सातदोबाटो चोकमा रहेको सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट ८ लाख ८४ हजार चोरी गरेको आरोपमा सिन्धुलीका २८ वर्षीय इन्द्रबहादुर घिसिङ पक्राउ परे ।

घिसिङले चोरी गरेको पैसाले प्रेमीकालाई ५५ हजारको मोबाइल उपहार दिएको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए । ती युवकले पैसा चोरेपछि आफ्नो प्रेमिकालाई मोबाइल गिफ्ट दिएका थिए ।

डीएसपी मिश्रका अनुसार घिसिङ ललितपुरको मचागलमा बस्दै आएका ती युवकले यसअघि सोही स्टोरमा सुरक्षा गार्डको रुपमा काम गरेको अनुसन्धानबाट खुलेको छ । वैशाख ५ गते साँझ सेल्सवेरीमा छिरेका घिसिङ चार–पाँच घण्टा त्यही लुकेका थिए ।

मध्यरातसम्म बाथरुममा लुकेका उनले करिब १ः३० बजे सेफमा राखिएको करिब नौ लाख चोरी गरेको अनुसन्धानबाट खुलेको छ । उनले चोरी गर्नु अघि त्यही काम गर्ने महिलाको पोशाक, मास्क र पञ्जा लगाएका थिए । सीसीटीभी फुटेज हेरेर जीउडालका आधारमा उनी पक्राउ परेका हुन्’, मिश्रले भने, ‘अनुहार छोपेको र कपडा फेरेकाले उनलाई चिन्न हम्मे परेको थियो।’

चोरी गरेपछि उनी पोखरा, भक्तपुर, ललितपुरलगायत विभिन्न सहरका होटलमा बसेको देखिन्छ । जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।


प्रतिकृया दिनुहोस