अत्याधिक बढ्यो गर्मी, नेपालगञ्जमा पुग्यो ४३ डिग्री तापक्रम

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांस क्षेत्रमा गर्मी बढेको छ । खासगरी गर्मी बढेसँगै तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ । गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । 

बिहीबार तराईका अत्याधिक तापक्रम वृद्धि भएको छ । हाल नेपालगञ्जमा सबैभन्दा धेरै तापक्रम बढेको छ । बिहीबार नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री छ । यहाँको न्यउुनतम तापक्रम नै २६ दशमलव ५ डिग्री सेल्सियस छ । 

 त्यसपछि धनगडीको तापक्रम ४१ दशमलव ४ डिग्री छ भने न्युनतम २५ दशमलव ५ डिग्री सेल्सियस छ । भैरहवामा ४० दशमलव ६ डिग्री अधिकतम तापक्रम हुँदा २३ दशमलव ३ डिग्री सेस्लियस छ । दाङमा यतिबेला अधिकतम ३९ दशमलव १ डिगी छ भने न्यूनतम २१ दशमलव ८ डिग्री सेल्सियस छ । विराटनगरमा ३२ दशमलव १ डिग्री छ भने न्युनतम २१ दशमलव ४ डिग्री सेल्सियस छ । 

तराईमा मात्रै होइन, पहाडको तापक्रम पनि उत्तिकै बढेको छ । पूर्वको धनकुटामा यतिबेला ३१ दशमलव ५ डिग्री अधितम तापक्रम हुँदा न्यूनतम तापक्रम १८ दशमलव ७ डिग्री सेल्सियस छ । ताप्लेजुङमा अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस हुँदा जुम्लाको अधिकतम तापक्रम २० दशमलव ४ डिग्री सेस्लिसयस पुगेको छ । 


प्रतिकृया दिनुहोस