नेपालमा पहिलो पटक मानिसमा पनि ‘बर्ड फ्लू’, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक बर्डफ्लुबाट एक युवकको मृत्य भएको छ । मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय युवक छन् ।

स्वास्थ्य मन्त्रालयले आज बिहीबार पत्रकार सम्मेलन गरी वर्डफ्लुबाट मानिसको मृत्यु भएको पहिलोपटक जानकारी दिएको हो । ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएकोमा १७ वैशाखमा रिपोर्ट आएको थियो । जसमा बर्डफ्लु पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस