भरतपुरका घर–घरमा छिटै शुद्ध खानेपानी पु¥याउछुः रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका घर–घरमा छिटै शुद्ध खानेपानी पु¥याउने बताएकी छिन् । उनले काठमाडौँजस्तो पानी नपाउने अवस्था आउन नदिने बताएकी हुन् ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरका हरेक नागरिकको घरमा शुद्ध खानेपानी पु¥याउन आफू लागिरहेको बताएकी छिन् ।

उनले भनिन्, ‘खानेपानी विस्तार हुँदै गइरहेको छ, शुद्ध खानेपानीको पहुँच महानगरवासीलाई सहज रुपमा उपलब्ध गराउन कुनै कसर बाँकी राख्ने छैन ।’

अहिले भरतपुरमा ४३ प्रतिशत नागरिकमा शुद्ध खानेपानी पुगेको छ । महानगर प्रमुख दाहालले भनिन्, ‘वर्सेनि खानेपानीको पहुँच बढ्दै जान्छ ।’ खानेपानी वितरण र विस्तारमा केही समस्या सडक विस्तार, ढल व्यवस्थापन र विद्युत्को कारणले आएको उनले बताइन् ।


प्रतिकृया दिनुहोस