पिपलको रुखमा झुण्डिएको अवस्थामा शव फेला

काठमाडौं । काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।

गौशाला नजिकै बाटोकाे छेउमा रहेको पिपलको बोटमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको गौशाला प्रहरीले जानकारी दिएको छ ।


बिहान सात बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बतायो ।


घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्या या आत्महत्या के हो भन्ने स्पष्ट नभएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...