बंगालको खाडीबाट शक्तिशाली चक्रवात नेपालतर्फ बढ्दै

फेरि हावाहुरीसहित वर्षाको सम्भावना बढ्यो, सचेत रहन मौसमविदको आग्रह

काठमाडौं । केही दिनयता मौसममा फरबदल भइरहेको छ । छिनमै घाम लागेर गमीृ बढ्ने र छिनमै मौसम बद्लिएर पानी पर्ने भइरहेको थियो । तर, सोमबारदेखि काठमाडौं यपत्यकाभित्र अत्यन्त्रै गर्मी बढ्यो । तर, बुधबार साझ हावाहुरीसँगै पानी परेपछि गर्मी कम भएको महसुस भएको थियो । 

फेरि बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले फेरि लगातार पानी पर्ने सम्भावना बढेको छ । 

देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

सो चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो चक्रवात नेपाल तर्फ आइरहेकाले पानी पर्ने सम्भावना रहेकाले सचेत रहन मौसमविदहरुले आग्रह पनि गरेका छन् । 

प्रतिकृया दिनुहोस