वृद्धभत्ता समाजवादको कडी हो, सरकारले वृद्धभत्ता बढाउनुपर्छः नेता पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको कम्युनिष्ट सरकार समाजवादको यात्रामा अगाडि बढेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)पेशागत महासङ्घ नेपाल (कोनेप) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले १३०औँ मजदूर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार समाजवादतर्फ उन्मुख भइरहेको हुनाले मजदूरका समस्या सबै हल हुने बताए ।

जुलुस नै गरेर तलब बढाउनुपर्ने र आन्दोलन गरेर हकअधिकार लिनुपर्ने अवस्था अन्त्य भएको पाण्डेले बताए । नेता पाण्डेले यसपटकको बजेटले वृद्धभत्ता बढाउने भन्दै उनले भने, “वृद्धभत्ता समाजवादको कडी हो, सरकार समाजवादतर्फ जाँदैछ, त्यसैले पनि वृद्धभत्ता बढाउनुपर्छ, बढ्छ ।”

उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइने बताए । बालकलाई निःशुल्क पढाइ, वृद्धवृद्धालाई भत्ता, बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेर सरकार समाजवादतर्फ उन्मुख भइरहेको नेता पाण्डेको भनाइ थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...