संयुक्त ट्रेड युनियनको कार्यक्रममा प्रधानमान्त्री ओली र राजेन्द्र महतोबीच चल्यो जुहारी

काठमाडौँ । १३०औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियनले काठमाडौंमा गरेको कार्यक्रमको मञ्च एउटै थियो । त्यही मञ्चमा थिए प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । सो मञ्चमा प्रधानमन्त्री ओली र महतोबीच चलेको जुहारी निक्कै रोचक थियो । 

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने उसो भए नाकाबन्दी गरेर चाँही देश समृद्ध कहाँ बन्छ र ? सो कार्यक्रममा महतोले भने, ‘लाखौँ जनशक्ति कामका लागि विदेशिएको छ । यसैलाई उपलब्धि मान्‍नुपर्ने अवस्था आएको छ ।’

मुलुकमा उद्योग नखुली रोजगारी सिर्जना नहुने बताउँदै उनले त्यसबाट श्रमिकलाई घाटा पर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीतर्फ हेर्दै महतोले भने, ‘प्रधानमन्त्रीज्यूले बारम्बार भन्‍ने गर्नुहुन्छ, ‘सुखी नेपाली समृद्ध नेपाल’, यो नाराले मात्रै देश समृद्ध हुने हो र ?

महतोले भने, नेपाली श्रमिक विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको बताए । उनले ठूला कम्पनी बाहिर गइरहेको बताउँदै उद्योग पनि नखुलेको जिकिर गरे । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘म राजेन्द्र महतोलाई सोध्न चाहन्छु, सीमा नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?’ 

ओलीले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पु¥याइएको दावी पनि गरे ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...