धनगढीमा राप्रपा संयुक्तका युवाहरुको भने, सरकार भ्रष्टाचारमा डुब्यो

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले बालुवाटार प्रकरणमा संलग्नलाई जोगाउने खेलमा लागेको भन्दै आपत्ति जनाएको छ । 

सो संगठनले मंगलबार कैलालीको धनगडीमा आयोजना गरेको जिल्ला भेलामा पार्टीका केन्द्रिय सदस्य तथा संगठनका अध्यक्ष राजु लोहनीले दुई तिहाईको सरकारले बालुटार बेचेको र सो घटनामा संलग्नलाई जोगाउने खेलमा लागेको भन्दै आपत्ति जनाए । 

उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि हत्यारालाई पक्राउ गर्न नसक्नुमा सरकारकै लाचारीपन भएको आरोप लगाए । उनले पछिल्लो समय देश भ्रष्टाचारकिो दलदलमा फस्दै गएको र सरकारले यसलाई नियन्त्रण गर्नुको सट्टा सरकार आफैं भ्रष्टाचार गर्न तल्लिन रहेको आरोप लगाए । उनले अहिलेको सरकारले नागरिकलाई न्याय दिन नसक्ने भएकाले सरकारको खबरदारी गर्नुको विकल्प नभएको पनि बताए । 

युवक संगठनका केन्द्रिय सदस्य इश्वरदत्त अवस्थीको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका कार्यसम्पादन समिति सदस्य कैया चौधरीले सरकारले विकास निर्माणको कुरा गरे पनि काम भने उल्टो गरिरहेको आरोप लगाए । 

सो कार्यक्रमा कार्य सम्पादन समिति सदस्य धर्मराज जोशी, युवक संगठनका केन्द्रिय सदस्य रामचन्द भट्ट, विश्व हिन्दु परिषदका खगेन्द्र अवस्थी, गणेश चन्द, राप्रपाका ललित जोशी लगायतले युवाहरु सरकारका विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध लाग्नुको विकल्प नभएको बताएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...